गुल्मीकी २४ बर्षिया युवती दिल्लीबाट हराएपछि दाजुमाथि बेचेको आरोप, खोजतलासको अपिल

आरोपित व्यक्ति राजु नेपालीका साथ बसन्ती नेपाली
बाबु रोका मगर 
केहिबर्ष दिखी हाम्रो नेपाली समाजमा महिला तथा युवतिहरु हराउने बेचिने लापता हुने कयौ अप्रिय घटना विभिन्न सामाजिक संजाल तथा मिडिया समाचार मार्फत जानकारी हुंदाहुदै पनि यी घटनाहरुमा कमि तथा नियन्त्रण भएका छैनन । 
यस्तै घटना फेरि अर्को ठानिडाँडाँ रुरु गुल्मी निवासी बिबाहित २४ बर्षिय बसन्ती नेपाली आजभन्दा ६ महिना पहिले एकजना प्युठान जिल्ला निवासी आफुलाइ राजु नेपाली बताउने युवक जस्को तस्बिर मात्रै छ हामी संग पुरै विबरण नभएकोले खोजतलाशिमा केहि अवरोध भएको हुदाँ उक्त पुठान निवासी युवकले ती बसन्ती नेपाली लाई म धामी झाक्री हुँ तिम्रो बिमार ठिक बनाउछु भनी फकाइफुलाइ लगेको उनको दाइले सन्तोष नेपाली ले हाम्रो मिडियालाइ बताएका छन  । 
उतिबेला गएकी बसन्ती सोही दिनदेखी सम्पर्कबिहिन भएको खबर दिल्ली स्थित सामाजिक संगठन नेपाली देशभक्त आवजालाइ जानकारी गराएका छन । देशभक्त आवाजलाइ जानकारी गराइसकेपछी हराएकि बसन्ती नेपालीको तिब्र खोजी कार्य भैरहेको देशभक्त आवाजका प्रतिनिधिहरुले बताएका छन  अहिले ती दुवैजना सम्पर्कबिहिन भएपछी गाँउलेहरुले बसन्ती का दाजु सन्तोष माथी शंका उपशंका गरि उनलाइ  घरपरिवार बाट बैनी बेचेको आरोप लगाइ गाँउमा बस्न खान नदिएपछी पंजापमा काम गर्दै हराएकी बहिनिको खोजिमा जुटेको बताएका छन ।
हराएकी बसन्ती नेपालीको आफ्नै दाजु सन्तोष नेपाली ले दुखी हुँदै भने आज म यस्तो ठुलो समस्यामा परेको छु त्यसैले म आज तपाई हरुको साथ मागेको छू उस्लाइ भेटाएर कडा भन्दा कडा कार्वाही गर्न सबैलाइ अनुरोध गरेको छु मैले उस्लाइ धेरै विश्वास गरेर बहिनिको इलाज गराउछु भनी उस्लाइ आफ्नै दाइ बनाएर घरमा लगेको थिए मेरो बहिनी बिवाहित हुन उनको श्रीमान घर मा हुनुहुन्छ बहिनिलाइ उपचार गर्नको लागि विभिन्न धामी झाक्री अस्पताल डक्टरको मा उपचार गराउदा पनि ठिक नभएर यहि मान्छेको भरोसा मा उस्लाइ घर लाएको थिए उअको र मेरो पंजापमा चिनाजानी भएको थियो त्यो पापिको कुदृष्टि मेरो बैनी माथी पर्छ भन्ने मैले सोचेको पनि थिएन अहिले उस्ले लगेर बेपत्ता पारेको छ मलाइ बहिनी बेच्यो भनेर  गाँउ आफन्त बाट पनि मानसिक यातना र पीडा खेप्नुपरेको छ म निर्दोष छु तरपनी सबैले मलाइ दोषी ठहराउदै गाँउबाट निकालिदिएकाछन बहनि वेचेको आरोपमा फसाएर म आफ्नो परिवारबाट टाढिन पुगेको छु म गलत छैन यो प्रमाणित गर्नका लागि मैले रात दिन एक गरि खोजी कार्यमा लागेको छु मेरो साथ कसैलेपनी नदिएर म धेरै आपतमा छु अहिले मेरि बहिनिलाइ त्यो अपराधीले भारतको हिमाचल शिम्ला रोहडु भन्ने ठाँउहरुमा लगेको शंका छ आज यहि मिडियाबाट आफ्नो हकिकत गुनासो राख्न पाएकोमा मिडियालाइ धन्यवाद दिदै भने कुनैपनि दाजुले आफ्नी बहिनिलाइ यस्तो घिनलाग्दो काम गर्न सक्दैन मेरो बिश्वास लाई तोडेर त्यो प्युठानको मान्छेले मलाइ नै अफ्ट्यारो मा राखेको छ । 
अब हराएकी बसन्ती नेपाली र फरार भएका राजु नेपाली लाइ भेटाएर सत्य तथ्य बाहिर ल्याएपछि दोषी को हो पत्तो लाग्नेछ ।
तस्बिरमा देख्नुहुने जोकोहिले पनि ती दुइजनालाइ जहाँकहि देख्नु भयो या फेला पार्नुभएमा निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन हार्दिक अपिल गरिएको छ साथै यो समाचार सबैले सक्दो शेयर गरि खोजिकार्यलाइ सहज बनाइदिनुहुन अपिल गरिएको छ ।
सम्पर्क दाइ सन्तोष नेपाली  +91-6239574364,8146552973,  अन्य सहयोगी तथा आफन्तहरु:- +91-9871485836, 8800675738, 9971206575, 9818809021, +91 97736 22922, 9717739774