भक्तपुरको नलीनचोकमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको घटनास्थलमै मृत्यु


भक्तपुरको नलीनचोकमा बुधबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काभ्रेको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका-१, लोकन्थली बस्ने ५० वर्षीय स्कुटरचालक हरिबहादुर कटुवाल, सोही ठाउँ बस्ने ४२ वर्षीया सबिता घिमिरे र उनका १३ वषीय छोरा अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपरचालक फरार छन् भने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक तीनजनाकै शव अहिले भक्तपुर अस्पतालमा राखिएको छ । इमेजखबरमा समाचार छ ।