
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सन् २०३० सम्ममा सबै किसिमका लैंगिक विभेद अन्त्य गर्नेगरी तयार पारिएको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिएकी छन् ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले १० ओटा जिल्लाका १४ ठाउँमा स्थानीय प्रतिनिधिलाई लैगिक हिंसाविरुद्धको अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको बताइन् ।
यस्तै, अदालतहरुको आदेशअनुसार लैगिंक हिंसा निवारण कोषबाट हालसम्म ३७ जनालाई ३५ लाख ५० हजार रुपैयाँ बराबरको क्षतिपूर्ति उपलब्ध गराइएको र सो कोषबाट केन्द्रीयस्तरबाट १२ जनलाई ४ लाख ४५ हजार राहत उपलब्ध गराएको पनि उनले बताइन् ।
मन्त्री थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिको पक्षमा कानुनी तथा नीतिगत, संस्थागत र संरचनागत सुधार गर्नका लागि ३५ ओटा योजनाहरु अघि सारिएको पनि जानकारी दिइन् । इमेजखबरमा समाचार छ ।