प्रधानमन्त्री ओलीद्दारा वर्तमान सरकारको लक्ष्य पूर्णरुपमा जनता र राष्ट्रिय हितप्रति समर्पित भइ काम गर्ने रहेको उल्लेख


प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य पूर्णरुपमा जनता र राष्ट्रिय हितप्रति समर्पित भइ काम गर्ने रहेको बताएका छन् ।
बुधबारदेखि राजधानीमा सुरु भएको विश्व प्रजातान्त्रिक युवा संघको साधारणसभालाई सम्बोधन गर्दै उनले जनताका चाहना र आवश्यकताअनुसार बनेको सरकार कुनैपनि शक्तिबाट विचलित नहुने उल्लेख गरे ।
उनले जनचाहना अनुसार विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न यो सरकार सक्षम रहेको बताउदै सबै दललाई यस अभियानमा साथ दिन आग्रह पनि गरे ।
ओलीले विश्वव्यापीरुपमा भएको परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्रका लागि सिर्जनशील काम गर्न युवा समुदायलाई आग्रह गरे ।
सभामा नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायतका राष्ट्रका २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । इमेजखबरमा समाचार छ ।