प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको भन्दै उनले आपत्ति जनाएका थिए।
नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेको थियो।
अब पेट्रोलको मूल्य ११३ पुगेको छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
त्यसपछि, सभामुखले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउने बताए। सेतोपाटीमा समाचार छ ।