अर्घाखाँचीका युवा दिपक कुमार श्रेष्ठ सफल व्यवसायी बने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङला निवासी युवा व्यवसायी दिपक कुमार श्रेष्ठ अहिले युवा अबस्थामा नै चर्चाको शिखरमा पुग्न सफल भएका छन ।
झन्डै ३६ बर्षिय दिपक नेपाल अधिराज्यभर बिभिन्न कम्पनीको गाडी बेच्न सफल व्यवसायी हुन । नरम स्वभाव, सामाजिक भावना भएका दिपक अहिले करोड पति बनेका छन । 
दिपक सामाजिक काममा पनि सक्रिय हुनुका साथै युवाहरूको ढुकढुकी पनि बन्न सफल दिपक सामाजिक काम गर्न मन पराउने र काममा निकै ईमानदार छन ।
सानो उमेरबाट गाडीको कारवार शुरु गरेका उनि नेपाली काङ्ग्रेसका युवा नेता तथा क्षेत्रीय प्रतिनिधि समेत हुन । स्थानिय  निकाएको निर्वाचन तथा प्रतिनिधि सभा प्रदेस सभाको निर्वाचनका बेला समेत पार्टीको चुनाबमा निकै खटेका दिपक अहिले अर्घाखाँचीको चर्चित युवा पनि हुन । अहिलेपनि पोखरामा मुख्य कार्यलय खोलेर गाडीको कारोवार गरेका दिपक अर्घाखाँचीका युवा गहना भएको जिल्लाबासीको भनाई रहेको छ । 

अन्य समाचारहरु