देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट २६ को मृत्यु, दर्जन घाइते

सरकारले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट एक साताको अवधिमा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ । 
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा मानवीय क्षति पुगेको जानकारी गराएका हुन् ।
दाङको घोराहीस्थित कटुवा खोलामा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक । तस्बिर : दुर्गालाल केसी 
उनका अनुसार २६ को मृत्यु, करिब एक दर्जन व्यक्ति घाइते छन्। उनीहरुको अवस्था चिन्ताजनक रहेको पनि गृहमन्त्री थापाले सदनलाई जानकारी गराए। दुई जना बेपत्ता रहेको उनले बताए।
गृहमन्त्रीले दिएको तथ्यांकअनुसार विपद्‌बाट मृत्यु भएकाको विवरण यसप्रकार छन् :
बाँके – ४ जना
रोल्पा – ३
सिन्धुली- २
कैलाली-१
चितवन- १
पर्सा-२
काठमाडौं-१
सर्लाही- २
तनहुँ- २
उदयपुर-१
सिराह-१
दाङ-१
मकवानपुर-२
महोत्सरी-१
बर्दिया-१
बारा-१
प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको उनले बताए। कान्तिपुरमा समाचार छ ।