लगातार परेको पानीले देशभर जनधनको क्षति, शनिबारसम्म देशभर अझै वर्षा हुने

news
केहिदिन यता लगातार परेको पानीले देशका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ ।
अझै पनि आगामी शनिबारसम्म वर्षा हुने जनाइएको छ । मौसम पूर्वानूमान महाशाखाले आगामी शनिबारसम्म देशका सबै भूभागमा वर्षा हुने जानकारी दिएको हो ।
केही स्थानमा भारी वर्षा हुने संभावना रहने पनि महाशाखाले जनाएको छ ।
वर्षाका कारण देशका ठूला नदीहरुमा बहाव उच्च रहने र केही नदी खतराको विन्दुसम्म आइपुग्ने बाढी पुर्वानुमान शाखाले जनाएको छ ।
साथै, चुरेबाट बहने साना नदीहरुमा बाढीको सम्भावना रहेकाले सर्तक रहन आह्वान गरिएको छ । इमेजखबरमा समाचार छ ।