डा. गोबिन्द केसीका मागप्रति सत्ता र विपक्षी दल विभाजित

news
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वार्ताबाट डा. गोबिन्द केसीले उठाएको माग संवोधन गर्न भनिरहे पनि सरकार भने केसी बिना शर्त वार्तामा आए मात्र आफुहरु छलफल गर्न तयार रहेको बताइरहेको छ ।
डा. केसीको स्वास्थ्य जटिल बन्दै जाँदासमेत सरकार आफ्नो अडानमा टसमस भएको छैन ।
डा. केसीको स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको छ । उनले उठाएको माग पुरा गर्न भन्दै अहिले देशभर सरकारलाई दबाब बढी रहेको छ ।
नागरिक स्तरबाट दैनिकजसो प्रदर्शन र सामुहकि सत्याग्रहसमेत चलिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल सदन र सडकमा डा. केसीको माग पुरा गर्न दबाब दिईरहेको छ ।
सरकार भने यस विषयमा अहिलेसम्म पनि खासै नसुने जस्तो गरेर आफ्नै अडानमा छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल वार्ताबाट तत्काल केसीको माग पुरा गर्न सरकारलाई आग्रह गर्छन ।
जनताको पक्षमा केसीले माग उठाएको भन्दै त्यसमा आफुहरुको समर्थन रहेको र माग पुरा नहुँदा सम्म सरकारको विरोधमा भएको भएका कार्यक्रम जारी रहने भनाइृ छ बरिष्ठ नेता पौडेलको ।
तर सरकार भने शर्त सहितको वार्ताको औचित्य छैन भनिरहेको छ ।
डा. केसीले वार्तामा बस्नका लागि संघिय संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने अडान राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल केसी बिना शर्त स्वतन्त्र ढंगबाट वार्तामा आए सरकार वार्ताका लागि तयार छ भन्छन् ।
सरकारले समस्या समाधानका लागि वार्ता टोली बनाएर काम गरिरहेको भन्दै अर्याल शर्त नराखी वार्तामा बस्न केसीलाई आग्रह गर्छन ।
आमरण अनशन बसेको तीन हप्ता बितिसक्दा पनि समस्या समाधानका लागि कुनै पहल नहुनु दुःखद छ ।
लोकतान्त्रिक व्यवस्थामा सरकार जनताप्रति उत्तरदायी बन्नैपर्छ ।
सरकारले कि त आफ्नो कुरामा अन्तर्मनले स्वीकार्ने गरी नागरिकलाई सहमत गराउन पर्छ, होइन भने नागरिकस्तरबाट यति ठुलो जनसमर्थन प्राप्त विषयलाई अहंको विषय बनाएर दुर्घटना निम्त्याउनेतर्फ लाग्नु हुँदैन । इमेजखबरमा समाचार छ ।