काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने ती जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु हुनेमा दुई महिला र तीन पुरूष छन्।  मृतकको सनाखत भइसकेको छैन ।
ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो ।
विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।
बसमा करिब ३० यात्री सवार रहेको बताइएको छ ।
घाइते २२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर लगिएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
उद्धार गरिएकामध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइएको छ । इमेजखबरमा समाचार छ ।