संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

news
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्न वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न शुक्रबारका लागि बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।
समितिको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित गरिएको हो । यस विषयमा आगामी आइतबार थप छलफल हुने बताइएको छ ।
यसअघि, प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ गरी आज निर्णय गर्ने भनिएको थियो ।
तर, जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको बताइएको छ । इमेजखबरमा समाचार छ ।