कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्याका दोषी पक्राउ गर्न दबाब दिँदै विद्यार्थीको विरोध

news
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको एक साता बित्दा पनि दोषी पत्ता नलगाएको भन्दै कन्चनपुरका विद्यार्थीले बिहीबार महेन्द्रनगरमा विरोध जुलुस निकालेका छन् ।
विद्यार्थीहरुले प्रहरी प्रशासन र सरकारलाई चाँडो दोषीसम्म पुग्न दबाब दिएका हुन् ।
निर्मला पन्तको हत्या भएको ८ दिनसम्म पनि हत्यारा पत्ता नलगाउँदा अरु विद्यार्थीमा पनि त्रास फैलिएको उनीहरुको भनाइ छ ।
हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै कन्चनपुरमा विद्यार्थीहरुले लगातारजसो प्रदर्शन गर्दै आएका छन् ।
बालिकाको हत्या भएको चार दिनपछि गत मंगलबार अन्त्येष्टि गरिएको थियो ।
प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । इमेजखबरमा समाचार छ ।