नुवाकोटको विदुरको देउरालीमा बस दुर्घटना हुँदा २५ जना घाइते

news
नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउरालीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बुङताङबाट करिब ५५ यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको पासाङ ल्हामु यातायातको बा२ख २८०४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बस सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भईरहेको छ भने गम्भीर घाइतेलाई काठमाडौं पठाइएको छ । इमेजखबरमा समाचार छ ।