प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का घनश्याम खतिवडाले मोरङको जातेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
उनले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधन–स्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर–१ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र बाग्मती प्रवेश गरेको जानकारी दिए ।
बाढीका कारण धेरै भौतिक सम्पत्ति नास भएको छ भन्दै उनले नदीनाला सफा गर्न स्थापना भएका संघ–संस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरे । रासस