रुपन्देहीको मुर्गियामा मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्‍यु

रुपन्देहीको सैनामैना –४ मुर्गियामा लु.१ ज २७२८ नम्बरको विङ्गगरले लु १ प ७७४३ को मोटरसाईकललाई ठक्कर दिदा सैनामैना नगरपालिका स्थायी घर भएका ४० बर्षिय शेर बहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको छ । 
कलिपवस्तुको जीतपुर(चारनम्बर) बाट बुटवलतर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीयाबाट रामापुरतर्फ जादै गरेका कुँवरलाई ठक्कर दिएको थियो । गम्भिर घाईते भएका उनलाई उपचारकोलागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारकोक्रममा मृत्यु भएको हो । 
विङ्गगर चालकले गम्भिर गल्ती गर्दै बायाँ अरुको साईडबाट हिडेको मोटर -साईकललाई ठक्कर दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका हुन 
आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले चालकलाई कार्बाहिको माग गर्दै पुर्ब पश्चिम राजमार्गको मुर्गियामा सडक  अवरोध गरेका थिए ।