रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने पर्यटकको संख्या वृद्धि भएको छ ।
सन् २०१८ को जुलाईसम्ममा यो नाका हुँदै ११ हजार चिनियाँ र अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।
नाकाबाट सबैभन्दा धेरै चिनियाँ भित्रने गरेका छन् । त्यसैगरी दोस्रोमा स्विडेन, तेस्रोमा अमेरिकाका नागरिक नेपाल भित्रिएका छन् ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै सन २०१७ मा १८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
यो नाकाबाट तेस्रो मुलुकका नागरिक पनि आवत जावत गर्न पाउने ब्यवस्था भएपछि नेपाल आउने क्रम बढेको हो ।
रसुवागढी नाका भएर स्विडेन, अमेरिका, डेनमाकर्, अष्ट्रेलिया, स्विट्जरल्याण्ड, जर्मन, हल्याण्ड, भारत, क्यानडा र रसियाका नागरिक नेपाल आउने गरेका छन् ।
चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन् ।
रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको रसुवागढी अध्यागमन कार्यालय प्रमुख मनोजकुमार पोखरेलले बताए ।
नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् ।
चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै दैनिक ५० देखि १ सय जनासम्म चिनियाँ पर्यटक नेपाल भित्रने गरेको कार्यालयको तथ्यांक छ । इमेजखबरमा समाचार छ ।