प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनीयतालाई व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जनसहित पारित गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले संशोधनकर्ता समितिका सदस्य र सम्बन्धित निकायसँग छलफल गरेर संशोधनकर्ताका भावनासमेत समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो ।
समितिका सदस्य एवं पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति र शैक्षिक योग्यता आवश्यकताअनुसार सार्वजनिक गर्ने प्रावधान विधेयकमा समेटेर पारित भएको जानकारी दिए ।
तर, परिमार्जनसहित पारित उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने फरक मत राखेका छन् ।
यसअघि, विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक पदधारण गरेका व्यक्तिले अपराध गरे कारबाही गर्ने कानुनी व्यवस्था रहेकाले चिन्ता नगर्न समितिका सदस्यहरुलाई आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।