राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राधेश्याम अधिकारीले काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन आग्रह गरे ।
उनले सुरुङमार्गका लागि ३ नम्बर प्रदेश सरकारले केन्द्रसँग आग्रह गरेकाले त्यसलाई स्वीकृति दिन उनले सुझाव दिए ।
सांसद जितेन्द्रनारायण देवले ‘तथाकथित पर्यावरणविद्’का कारण प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अन्योल छाएको भन्दै तत्काल सरकारको दृष्टिकोण सार्वजनिक गर्न माग गरे ।
सांसद रमेशप्रसाद यादवले महिलामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका लागि राष्ट्रिय अभियान सन्चालन गर्न माग गरे ।
सांसदहरु शेरवहादुर कुँवर, हरिचरण शिवाकोटीलगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ ।