सन् २०२२ सम्ममा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लक्ष्य पूरा गर्न २२ अर्ब रुपैयाँ रकम अपुग हुने

news
शिक्षा मन्त्रालयले सन् २०२२ सम्ममा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लक्ष्य पूरा गर्न २२ अर्ब रुपैयाँ रकम अपुग हुने जनाएको छ ।
२५औं विश्व शिक्षक दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्रालयले सन् २०२२ सम्ममा ५ वर्षका बालबालिका कक्षा–१ मा भर्ना हुनेगरी कार्यक्रम बनाइएको जनाएको हो ।
कार्यक्रममा शिक्षा मन्त्रालयमा प्रवक्ता वैकुण्ठ अर्यालले शिक्षा क्षेत्रमा नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सार्वजनिक शिक्षामा ५ वर्षमा ४ लाख विद्यार्थी घटेको भन्दै असन्तुलित नतिजा, खस्कँदो सिकाइदरका कारण सार्वजनिक शिक्षा खस्किएको बताए ।
यस्तै, कार्यक्रममा शिक्षक महासंघका पूर्वअध्यक्ष केशवप्रसाद भटट्राईले विद्यार्थीको सिकाइ उपलब्धि नै शिक्षकको हातमा हुने हुँदा विद्यार्थीलाई सिक्न तयार पार्ने र सिकाउने गर्नुपर्ने सुझाव दिए । इमेजखबरमा समाचार छ ।