कपिलवस्तुमा १३ वर्षीय बालिका बलाकृत

कपिलवस्तु , कपिलवस्तुको शिवराज नगरपालिका वडा न.१ मा बुधबार राती १३ बर्षिय बालिका बलाकृत भएकी छिन ।
राती शौच गर्न जाँदा स्थानीय २२ बर्षिय खिम बहादुर वि.क. ले बारीमा लगी जवरजस्ती करणी गरेको भनि पिडित बालिका (नाम परिर्वतन सिमा)का परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन । देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पिडितले आरोप लगाएकी छिन ।
परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि परिवार बिहिबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो । उजुरीका आधारमा प्रहरीले युवकलाई बिहिबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताउनु भयो ।
प्रहरीका अनुसार पिडित बालिकालाई  जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको छ । वि.क.ले भने आफुले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन । बालिकाको मेडिकल रिर्पोट अझै नआएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पिडित परिवारले भने प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै शुक्रबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारबाहि गर्न दवाव सिर्जना गर्ने जनाएको छ ।