आज भाई टिका ! महान पर्व तिहार !!

आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका । चेलीले माईलीलाई सप्तरङ्गी टिका , फुलको माला लगाई सेलरोटी लगायत मिठा मिठा परीकार खुवाई भाई टिका लगाई दिन्छन । 
 
टिका लगाई सकेपछि चेलीलाई गक्ष्य अनुसारको दक्षीणा दिने चलन पनि रहीआएको छ । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 
 
भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।