वायुसेवा निगमद्वारा उच्च आर्थिक जोखिममा परेको भन्दै सरकारसँग २० अर्ब माग

news
नेपाल वायुसेवा निगमले संस्था उच्च आर्थिक जोखिममा रहेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ आर्थिक सहायता माग गरेको छ ।
बिहीबार राजधानीमा निगमको श्वेतपत्र जारी गर्दै अध्यक्ष मदन खरेलले कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले तत्काल आर्थिक सहायता आवश्यक परेको बताए ।
निगमले ३२ अर्ब ८७ करोड रुपैयाँ कर्जा तिर्नुपर्ने जनाएको छ ।
कर्जा तिर्नका लागि निगमले वार्षिक साढे १० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा तरलता अवस्था तथा नाफामा सीधै असर परेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको र ‘वाइडबडी’ जहाजको व्यावसायिक योजनाअनुसार सन्चालन नभएसम्म निगमलाई तत्कालै आर्थिक सहायता आवश्यक परेको अध्यक्ष खरेलले बताए ।
‘ए ३२०’ जहाजले जापान, साउदी अरब र कोरियामा उडान सन्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र यी देशमा उडान गरेपछि आर्थिक स्थितिमा सुधार आउने निगमले जनाएको छ । इमेजखबरमा समाचार छ ।