एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु काठमाडौंमा

news
काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भएको छ ।
यसैक्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् ।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
यसैगरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन् । उनलाई पनि रक्षामन्त्री पोखरेलले स्वागत गरेका थिए ।
सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।
यता विशिष्ठ अतिथिहरुको आगमनको व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित हुने भएको छ । इमेजखबरमा समाचार छ ।