जीविकोपार्जन गर्न सारङ्गी रेट्दै अर्घाखाँचीमा

मेलिना सिंह ठकुरी
मंसिर १५ अर्घाखाँची । पछिल्लो समय आफ्नो पुर्खौली पेसा धेरै गाइने दाइले फेरेर  अन्य काम गर्न थाले भने कसैले सारङ्गी रेटेर जीवन गुजारा गरिरहेका छन्। देश तथा विदेशका घटनाक्रमलाई गाउँका कुनाकन्दरामा सुचना दिने गतिलो संबाहकको रुपमा रहेका गाईने दाईलाई आजभोली खासै त भेटिदैन् ।गाईने दाईले सारङ्गी रेटेर गीत गाएको सुन्न विरलै पाईन्छ । सारङ्गीको कमाईवाट बाँच्ने उनीहरुलाई पछिल्लो समय जीवन चलाउनै धौ धौ परेको छ ।
प्युठान जिल्लाको सदरमुकाम खलंगा बन्चरे घर भएका श्यामबहादुर गन्धर्व सारङ्गी रेट्दै गर्दा अर्घामा भेटिए। उनले सारङ्गी बजाएर नै आफ्नो जीविकोपार्जन गरिरहेको बताउँछन्। आफ्नो पुर्खाले पनि गरेको हुदा पुर्खाको पेसा पनि बढाउदै जान सकिने र आफ्नो रोजीरोटी को लागि सारङ्गी रेट्ने गरेको बताउँछन्। ‘पुर्खाले सारङ्गी बजाएर गाउँ डुलेर खाने काम गरे, सम्पत्ति जमाउन सकेनन् ।’ उनले भने, ‘कतिले पुख्र्यौली पेशा नै परिर्वतन गरे त पेशा धानेकाहरु पनि राजधानी वा शहर केन्द्रित भएका छन् । आफुले अहिले सारङ्गीको धुनमा गीत सुनाएर बल्लतल्ल घर धानेको छु ।’भन्दै उनी अर्घाखाँची मात्रै नभइ गुल्मी,स्याङ्जा ,पोखरा लगायत विभिन्न ठाउँमा जाने गर्छन्।
धेरैले पेशा परिर्वतन गरेपनि कतिपय गन्धर्वको मनले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न सकेका छैन् । उनीहरुले नवपुस्तालाई सारङ्गी बाजा चिनाउदै गीत गाउदै आशिष दिदै हिडेका छन् । पेशा नै लोप हुदै गएपनि पेशालाई टिकाउनमा समुदायको सहयोग कम हुदै गएको छ । ठुला सहर र विभिन्न जिल्लाका गाउँ तथा सदरमुकाम सम्म पुग्ने गरेका गन्धर्व दाईहरुलाई कतिपयले हेयको दृष्ट्रिले समेत हेर्नुका साथै गाली अनि अपशब्द समेत बोल्ने गरेका छन्।
आगामी दिनमा पुख्र्यौली पेशा परिर्वतन गरेर पहिचानलाई निमिट्यान्न पार्ने काम भन्दा पनि गाईने दाईहरु गाउँ गाउँमा  प्रवेश गराउन सके पेशा सम्मानमा सहयोग पुग्ने छ । गाँउको रोधि शहरमा दोेहारी साँझमा परिणत हुदा गाईने दाई पनि शहरकेन्द्रित बन्दा गाउँले जीवन विताईरहेका मनमा शुन्यता छाएको छ । 

अन्य समाचारहरु