डिआरजी सुमन
सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम)
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको दोश्रो अधिबेशनका लागि आवश्यक तयारी सहित महत्वपूर्ण निर्णय गर्न यहि आउदो शुक्रबार मंसिर २१ गते बैठक बस्ने भएको छ ।
संघको असोज ६, ७ र ८ गते पोखरामा सम्पन्न राष्ट्रिय समिति बैठकको निर्णय बमोजिम संघको शाखा रहेका सबै जिल्लाको अधिवेशन पुस मसान्त भित्र सम्पन्न गर्नु पर्ने भएकोले बैठक बसि छलफल गर्ने भएको हो ।
केन्द्रको निर्देशन बमोजिम अर्घाखाँची जिल्लाको दोस्रो अधिवेशनको लागि आवश्यक तयारी सहित केही महत्वपूर्ण विषयमा छलफल गरि अन्तिम निर्णयमा पुग्न आवश्यक देखिएको हुँदा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु र राष्ट्रिय पार्षद सबैको अनिवार्य उपस्थितका लागि संघले अनुरोध गरेको छ ।
त्यस्तै कार्य समितिको बैठक अन्तिम भएको हुँदा आवश्यक महत्वपूर्ण निर्णय समेत गरिनुका साथै नयाँ सदस्यता स्वीकृत र निष्क्रिय सदस्यता खारेज प्रक्रियामा समेत महत्वपूर्ण निर्णय हुने सम्बन्धि जानकारी दिएको छ बैठक सन्धिखर्क १ मा बिहान ११ बजे बस्ने पनि बताईएको छ ।



