स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको दोश्रो अधिबेशनका लागि सन्धिखर्कमा २१ गते बृहत् बैठक बस्दै

डिआरजी सुमन 

सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम)
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको दोश्रो अधिबेशनका लागि आवश्यक तयारी सहित महत्वपूर्ण निर्णय गर्न यहि आउदो शुक्रबार मंसिर २१ गते बैठक बस्ने भएको छ ।

संघको असोज ६, ७ र ८ गते पोखरामा सम्पन्न राष्ट्रिय समिति बैठकको निर्णय बमोजिम संघको शाखा रहेका सबै जिल्लाको अधिवेशन पुस मसान्त भित्र सम्पन्न गर्नु पर्ने भएकोले बैठक बसि छलफल गर्ने भएको हो ।

केन्द्रको निर्देशन बमोजिम अर्घाखाँची जिल्लाको दोस्रो अधिवेशनको लागि आवश्यक तयारी सहित केही महत्वपूर्ण विषयमा छलफल गरि अन्तिम निर्णयमा पुग्न आवश्यक देखिएको हुँदा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु र राष्ट्रिय पार्षद सबैको अनिवार्य उपस्थितका लागि संघले अनुरोध गरेको छ ।

त्यस्तै कार्य समितिको बैठक अन्तिम भएको हुँदा आवश्यक महत्वपूर्ण निर्णय समेत गरिनुका साथै नयाँ सदस्यता स्वीकृत र निष्क्रिय सदस्यता खारेज प्रक्रियामा समेत महत्वपूर्ण निर्णय हुने सम्बन्धि जानकारी दिएको छ बैठक सन्धिखर्क १ मा बिहान ११ बजे बस्ने पनि बताईएको छ ।

अन्य समाचारहरु