श्याम घिमिरे
मंसिर १५ अर्घाखाँची –अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड नम्बर ४ मा रहेको श्री कालिका वचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ । सभाको प्रदेश सभा सदस्य चेतनारायण आचार्यले दिप प्रज्वलन गरि उद्घान गर्नुभएको हो ।
उद्घाटन मनतब्य राख्दै आचार्यले सहकारीको माध्यमबाट आर्थीक समृद्धि हासील गर्न सकिने भन्दै सहकारीको बिकासकालागी सबैले ध्यानदिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य निर्मला क्षेत्रि , गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल , उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ लगायतले मनतब्य राख्नुभएको प्रदिप नेपालीले जानकारी दिनु भयो ।