गोपाल भट्टराई
मंसिर १६ अर्घाखाँची – मूलुकमा राजनैतिक परिवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधार हुन नसक्दा शैक्षिक बेरोजगारी बढेर गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सन्धिखर्क ८ किमडांडामा अवस्थित आधारभुत तहका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि कसरी गर्न सकिन्छ भन्ने बिषयमा पकलेमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र लागु भइसक्दा समेत शिक्षा नितिमा परिवर्तन नहुंदा समाजको आवस्यकता पुरा गर्ने जनशक्ति उत्पादन हुन नसकेको उनिहरुको ठहर छ । जनता कृष्ण मा.वि.पकलेका वि.व्य.स.अध्यक्ष नारायण पौडेलको अध्यक्षता र प्रध्यानध्यापक नारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क–८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले मन्तव्य राख्दै पछिल्लो समय मानिसमा नैतिकताको ह्रास हुंदै गएकोले ब्यबहारिक र समय सुहाउंदो शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ ।
किमडांडामा संचालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरि विद्यार्थीको आकर्षणको केन्द्र बनाउन आग्रह गर्दै उहांले त्यसका निम्ती आवस्यक सहयोग गर्न आफु तत्पर रहेको जिकिर गर्नुभएको छ ।
सन्धिखर्क–८ का शैक्षिक सरोकारवालाहरुको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा जनता आधारभुत विद्यालय नेपाली चौरका वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेल,लम्ची आधारभुत विद्यालयका अध्यक्ष दधिराम आचार्य,किमडांडाका ७ वटै आधारभुत विद्यालयका प्रध्यानध्यापक,शिक्षाप्रमी हरी प्रसाद भुसाल,मित्र बहादुर शाही लगायतले मन्तव्य राख्दै निःशुल्क रुपमा गुणस्तरिय शिक्षा आर्जन गर्न पाउनु सम्पूर्ण बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै आउंदो शैक्षिक शत्रदेखी किमडांडामा संचालित सबै आधारभुत विद्यालयमा अंग्रेजी माध्यम र गुणस्तरिय शिक्षा लागु गर्ने प्रहण गर्नुभएको छ ।
जनता आधारभुत विद्यालय किमडांडा नेपालीचौरले भने यसै बर्षदेखी अंग्रेजी र नेपाली दुवै माध्यमको पठन पाठन गरि गुणस्तरिय शिक्षा प्रदान गर्न थालनी गरेको छ ।