भगवती मा.वि.कुर शंखेटारीमा लैङ्गिक हिंसा बिरुद्ध विद्यालय केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image result for भगवती मा.वि.कुर शंखेटारी

गोपाल भट्टराई 
मंसिर १६ अर्घाखाँची – सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सबै खाले लैङ्गिक विभेदको अन्त्य गरि सम्मुनत नेपाल निर्माणको अभियानमा एक जुट हुन आग्रह गर्नुभएको छ । लैङ्गिक शिसां बिरुद्धको १६ दिने अभियानको ८ औं दिन आज भगवती मा.वि.कुर शंखेटारीमा सम्पन्न लैङ्गिक हिंसा बिरुद्ध विद्यालय केन्द्रित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो आग्रह गर्नुभएको हो ।
पितृसत्तात्मक साेंच नै लैङ्गिक हिंसाको प्रमुख कारक रहेको भन्दै नगर प्रमुख भुसालले यसका विरुद्ध सबै तहले बिशेष अभियान चलाउनु पर्नेमा जोड दिनुभएको छ ।समाजमा लैङ्गिक हिंसा रहेसम्म आर्थिक,सामाजिक र राजनितकि क्षेत्रमा समेत असर पर्ने भन्दै उहांले सबै मिलेर लैंगिक हिंसाविरुद्ध जनचेतना बढाउन लाग्नुपर्ने जिकिर गर्नुभएको छ ।
सन्धिखर्क–२ का वडा अध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता,महिला तथा वालबालिका कार्यालय सनिधखर्क शाखा प्रमुख वेलकुमारी परियारको स्वागत मन्तव्य र विनोद कुंवरको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यान्ध्यापक श्याम बहादुर भुसाल,प्रहरी नायब निरिक्षक भिमार्जुन अधिकारी लगायतले मन्तव्य राख्दै समाजको जातिय,वर्गिय तथा लैङ्गिक हिंसा यथावत रहेसम्म आर्थिक समृद्धि आउन नसक्ने भन्दै समृद्ध समाज निर्माणको निम्ती सबैखाले हिंसाको अन्त्यमा बिशेष योजनाका साथ लाग्नुपर्नेमा जोड दिनुभएको पत्रकार शोभाखर पन्थीले जानकारी दिनुभएको छ । लैङ्गिक हिंसा र दुव्र्यबहार,छैन हामीलाई स्विकार भन्ने मुल नाराका साथ यस बर्षको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

अन्य समाचारहरु