भुमिकास्थान नगरका दश वटा विद्यालयका दश जना विद्यार्थीलाई छात्रवृति बितरण

अर्घाखाँचीडट्कम
मंसिर १७ अर्घाखाँची – भुमिकास्थान नगरका दश वटा विद्यालयका दश जना विद्यार्थीलाई छात्रवृति बितरण गरिएको छ । 
अर्घाखाँची ढाकावाङ्गमा जन्म लिइ अस्ट्रेलियामा बस्दै आएका युवाहरुको एक समुहले प्रदान गरेको १ लाख रुपैयां बजेटबाट नगरका दश वटै वडाका दश विद्यालयका एक–एक जना विद्यार्थी छनोट गरि नगद रु १० हजारका दरले छात्रबृति बितरण गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक विकासको निम्ती भन्दै समाजसेवी कविराम खनालको पहलमा अर्घाखाँची सेवा समाज अस्ट्रेलियाका संयोजक नारायण खनालले आफ्नो टिममा संकलन गरि पठाएको उक्त रकमले छात्रवृति बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रम भगवती मा.वि.भुमिकास्थान–७ का प्र.अ.कृष्ण बहादुर क्षेत्रीको अध्यक्षता र स्रोत ब्यक्ति जेदु प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रमको बिच बालशिक्षा मा.वि.ढाकावाङ्गकी बिमला खनाल,विस्व मा.वि.ढाकावाङ्गका आरती नेपाली,अन्नपूर्ण मा.वि.धारापानीका अभिषेक भाट,शान्ति मा.वि.धारापानीकी सावित्रा घ.म.,जनप्रिय मा.वि.असुरकोटका आशिष थापा,शान्ति मा.वि.खिल्जीकी सिमा के.सी.,भगवती मा.वि.नुवाकोटका भुवन बस्नेत,महेन्द्र आधारभुत विद्यालय नुवाकोटकी प्रियङका परियार,देउराली आधारभुत विद्यालय ढिकुराकी सिता सारु र जन जागृति मा.वि.धनचौरका विक्रम वि.क.लाई भुमिकास्थान नगर प्रमुख रेसम थापाले उक्त छात्रबृति प्रदान गर्नुभएको हो । 
कार्यक्रममा नगर प्रमुख थापा,उप–प्रमुख खडानन्द वेल्वासे र प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद अर्यालले मन्तव्य राख्दै शिक्षा नै सबै क्षेत्रको विकासको मेरुदण्ड भएकोले शिक्षा आर्जन गर्न सबैले रहर गर्नपर्ने बताउनुभएको छ । छात्रबृति प्रदान गर्ने संस्थालाई बिशेष धन्यावाद दिंदै उहांहरुले शिक्षा क्षेत्रको विकासमा सबै एक जुट हुनपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल भट्टराईले बताउनु भयो    । 

अन्य समाचारहरु