कमल बिष्ट
अर्घाखाँची । अर्घाखाँची जिल्लामा क्रिकेट खेल गतिविधि लाई सस्थागत हिसाबले बढावा दिने उद्देश्यले ऋषिकेश भट्टराईको अध्यक्षतामा अर्घाखाँची जिल्ला क्रिकेट संघको गठन भएको छ ।
जस्को उपाध्यक्षमा अशोक भुसाल, सचिबमा सागर ओलि , सह सचिब सुरज अधिकारी , कोशाध्यक्ष कमला भुसाल , र सदस्यहरुमा प्रकाश टण्डन, पर्वत सुनार, सुनिल श्रेष्ठ , प्रकश पिसि, बाबुराम बेल्वासे र ऋषि बेल्वासे रहनुभएको छ ।
नबगठित सस्था लाई अर्घाखाँची जिल्ला खेलकुद विकास समिति लाई समिती गठनको प्रमाणपत्र समेत प्रदान गरेको छ ।
अध्यक्षको जिम्मेवारी सम्हाले सङ्गै भट्टराईले आगामी दिनमा क्रिकेट खेलको विकासका लागि अझै लागि पर्न प्रेरणा मिलेको भन्दै सबै तह र तप्का बाट सिर्जनात्मक सहयोगको अपेक्षा रहेको बताउनु भयो । भट्टराई बहुप्रतिस्ठित अर्घाखाँची प्रीमियर लिग APL का सम्योजक र अर्घाखाँची क्रिकेट एकेडमीका समेत अध्यक्ष हुन् ।