
डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची (अर्घाखाँची डट्कम) पाणिनी गाँउपालिकाको ऐतिहासिक त्रिवेणीधामको निकट दुर्गाफाँटमा अर्घाखाँची जिल्ला र देशका विभिन्न ठाउँ बाट पिकनिक र अवलोकन गर्ने पर्यटकहरुको आगमन निकै बढ्दै गएको छ ।
गाउँपालिकाको मुटु मानिने दुर्गाफाँटमा दिनहुँ भिडभाड हुँदै गर्दा होटल व्यवस्थापनमा कमी रहेको आम सर्वसाधारणले गुनासो गरेका छन,सितगंगा नगरपालिका ६ शिवादहबाट पिकनिक खान यहाँ आएका स्थानीय जनप्रतिनिधी गोविन्द पोख्रेलले भने,भौतिक, संरचना सहित होटलहरु बनेमा यस क्षेत्रमा पर्यटनको चाप बढ्दै जाने बताउदै आफुले पनि सक्दो सहयोग गर्ने बताए छन ।
समाजसेवि गिरि अधिकारीले विकास कार्यमा हामी लगातार काम गरि रहेका छौ,स्थानीय तहको विकास क्रम सुरु भएको छ निकट समयमै यसलाई व्यवस्थापन गर्न आफू लागि परिरहेको र स्थानिय जनप्रतिनिधिहरु लाई हामिले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, दुर्वाश्वर गुफाको काखमा अवस्थित दुर्गाफाटमा दिनानुदिन पर्यटकहरुको आकर्षक केन्द्र बन्दै गर्दा हामी आम जनता खुशी हुनुपर्छ स्थानीय निकाय र सम्बन्धि पक्षले यसलाई व्यवस्थापन गर्न सकेमा आउने समयमा पर्यटन क्षेत्रमा एक उत्कृष्ट स्थान बन्नेमा कुनै दुईमत नहुने जिकिर गरे ।

शिवादह ६ का वडा सदस्य गोविन्द पोख्रेल सहित ४० जनाको समुहको टोलि पिकनिकका लागि रुपन्देहीको बुटवल स्थित फुलवारीमा जाने योजना स्थगीत गरी दुर्गाफाँट आएको सितगंगा सेवा समाजका खेलकूद सचिव कुलराज खनालले बताए ।



