श्याम घिमिरे
मंसिर २१ अर्घाखाँची – अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जिल्लामा शुसानलाई चुस्तदुरुस्त बनाउन आफु हरपहल लागीपर्ने बताउनु भएको छ ।
भर्खरै मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ लामीछानेले कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई पनि नभएकोले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने स्पष्ट समेत पार्नु भएको हो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुसंग सुक्रबार कार्यकक्षमै भेटघाट गर्दे लामीछानेले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताउनु भयो ।
साथै प्रजिअ लामीछानेले जिल्लाको विकास निमार्णमा आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।