भगवती मावि कुर शंखेटारी सन्धिखर्कमा ८९ दिने तालिम समापन

अर्घाखाँचीडट्कम 
मंसिर २१ अर्घाखाँची – सन्धिखर्क २ चुत्राबेसीमा रहेको भगवती माध्यमिक विद्यालय कुर शंखेटारी सन्धिखर्कमा राष्ट्रिय सेवा दल अर्घाखाँची द्धारा सन्चालीते ८९ दिने तालिमको एक कार्यक्रमका बिच सुक्रबार समापन गरीएको छ । 
कार्यक्रममा मनतब्य राख्दै रामबाण गुल्म अर्घाखाँचीका गुल्मपति निरज भण्डारीले आपत विपतको अबस्थामा राष्ट्रिय सेवा दलको ठूलो भूमिका रहने भन्दै तालिममा सिकेका कुराहरु प्रशिक्षार्थीले ब्यबहारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा ईकाई प्रमुख मनिराम पराजुली , विद्यालयका प्रअ श्याम प्रसाद भुसाल वाडअध्यक्ष मोतिजंग रायमाझी लगायतले मनतब्य राख्नु भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी २१ दिने सामुहिक क्याम्पको लागि मोरङ्गमा जाने बताइएको छ । कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिबहरि पौडेलको अध्यक्षता शिक्षक शोभाखर पन्थीकोे सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु