विनाशकारी भूकम्पका कारण जोखिममा परेको पर्वतमा एकीकृत बस्ती निर्माण सुरु

news
 विनाशकारी भूकम्पका कारण जोखिममा परेको पर्वतको एक गाउँको बस्तीलाई स्थानान्तरण गर्नका लागि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ ।
जोखिममा रहेको फलेवास नगरपालिका वडा नम्बर–८, ठानामौलास्थित अर्चलेको दलित बस्तीलाई सोही वडाको छतीवनटारीमा स्थानान्तरण गर्नेगरी एकीकृत बस्ती निर्माण सुरु गरिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका २० घरलाई नजिकै छतीवनटारीमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएको छ ।
एकीकृत बस्तीको शुक्रबार एक कार्यक्रमकाबीच फलेवास नगरपालिकाका नगप्रमुख पदमपाणि शर्माले शिलान्यास गरे ।
सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले जोखिममा रहेका परिवारलाई एकीकृत बस्ती बनाएर सुरक्षित ठाउँमा राख्न लागिएको बताउँदै बस्तीसँगै अन्य अवसरहरु पनि प्रदान गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
पहिरोको उच्च जोखिममा रहेको बस्तीका २० घर भूकम्पमा पूर्णक्षति भएका थिए ।
भूगर्भविद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिमयुक्त भएकाले स्थानान्तरण गर्न सुझाव दिएका थिए ।
जोखिममा रहेका १२ घरलाई एकीकृत बस्तीमा र बाँकी ८ घरलाई  साविक भँगरा गाविसको बिरुवारीमा जग्गा खरिद गरी नयाँ घर निर्माण गर्न थालिएको हो ।
छतीवनको टारीमा एकीकृत आवास निर्माण गर्न झन्डै ३० रोपनी जमिन सामूहिकरुपमा खरिद गरिएको छ ।
प्रतिघर-परिवार दुई लाख रुपैयाँका दरले घडेरी खरिद गरिएको छ । प्रतिघर निर्माण गर्नका लागि तीन लाख रुपैयाँ पीडित परिवारलाई प्राधिकरणले भुक्तानी गरिसकिएको छ ।
बस्तीको अन्य संरचना सडक, विद्युत्, सिँचाइ, खानेपानी निर्माणका लागि थप ८० लाख रुपैयाँ पनि प्राधिकरणले सहयोग गरेको छ ।
सामूहिक जमिन खरिद गरेर एकीकृत आवास बनाउने प्रक्रिया सुरु भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।
बस्ती निर्माणका लागि लाभग्राहीहरुकै सहभागितामा उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिले निर्माणको काम सुरु गरेको