भालबाङमा गएको जेठमा अर्घाखाँचीकी दिलमाया पुनमाथि कुटपिट गर्ने दुई महिला जेल मुक्त

दाङ-सस्तो मूल्यमा जग्गा बेच्‍न नमानेपछि भालबाङमा गएको जेठमा अर्घाखाँचीकी दिलमाया पुनमाथि कुटपिट गर्ने दुई महिला जेल मुक्त भएका छन्।
तत्कालिन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले दिलमायालाई सार्वजनिक स्थानमा कुटपिट गरेको ठहर गर्दै दुई जना महिलालाई ६ महिना कैद र जनही २५ हजार रुपैयाँ जरिवाना र औषधि खर्च भराउने फैसला गरेको थियो।
अर्घाखाँचीको शितगंगा नगरपलिका ९ ठाडखोलाकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपीट गर्ने राप्ती गाउँपालिका १ की रेखा गुप्ता र अनिता गुप्ता जेल सजाय कटाएर छुटेको तुलसीपुरका कारागारका जेलर जोखिम वलीले जानकारी दिइन्।
अनिता र रेखाले गएको जेठ २५ गते भालुबाङको निर्माणाधीन बसपार्कमा दिलमाया माथि कुटपीट गरेका थिए।
उनीहरुले दिलमाया पुनको औषधि उपचारका लागि १५ हजार छ सय ४० रुपैया तिरेका छन्।
उनीहरुलाई घटना भएको दुई दिनपछि जेठ २७ गते इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएको थियो। देश सञ्चारमा समाचार छ ।