दाङको तुलसीपुरमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै २३ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुमा बसचालक दाङका मदन खत्री क्षेत्री, सहचालक गणेश विक, शिक्षक प्रदीप घिमिरे, विद्यार्थीहरु विजय घर्ती, कविता खत्री, सञ्जित रत्गैयाँ रहेका छन् ।
त्यसैगरी, जुम्लाका कुसुम रावल, हिम्मत बोहरा, वीरेन्द्र कडारा, शैलजा शाही, रुपेश शाही, रितेन्द्र शाही, देवीप्रसाद उपाध्याय, जंगबहादुर विक, अर्जुन शाही, विपना खत्री, रमेश उपाध्याय रहेका छन् ।
अर्का शिक्षक रुकुमका नरेश वलीको पनि मृत्यु भएको छ ।
यस्तै, मृतक डोल्पाका गजेन्द्र ऐरी, जाजरकोटका आतिस नेपाली, कन्चनपुरका खेमराज भट्टको सनाखत भएको छ ।
त्यसैगरी, बझाङका महेश जोशी, बाजुराका लोकेन्द्र रावलको पनि सनाखत भएको छ ।
मृतकमध्ये १९ पुरुष र चार महिला रहेका छन् ।
घाइते १२ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा र दुईजनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जनाको घटनास्थलमै र एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातावरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पति उद्यानको अध्ययन गरेर फर्कनेक्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बा४ख ९७६६ नम्बरको बस रिर्जभ गरेर विद्यार्थी र शिक्षकहरु भ्रमणमा गएका थिए ।
मृतकहरु
गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
चन्दननाथ १० का बिपना खत्री
चन्दननाथ १० का रुपेश शाही
चन्दननाथ १४ का रितेन्द्र शाही
चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
चन्दननाथ ३ का हिक्मत बोहोरा
चन्दननाथ ६ की कुसुम रावल
हिमा गाउँपालिका ५ की सैलजा शाही
तिला गाउँपालिका १ का जंगबहादुर बिक
तिला ३ का रमेश उपाध्याय
कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
घोराही १४ का विजय जिएम
बबई गाउँपालिका ५ की कविता खत्री
जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल
इमेजखबरमा समाचार छ ।