बसन्त खड्का
शान्ती बगैंचा चौक । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा बिरोध सभा सम्पन्न गरेको छ।
राजामो अर्घाखाँचीले एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बिरोध सन्धिखर्क नगरपालिकाको शान्ती बगैंचा चौकमा बिरोध सभा सम्पन्न गरेको हो ।
सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा पाँच नम्बर प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसीले कुनै पनि राज्य धर्मको पक्षधर हुन नहुने बताउनु भएको छ ।
कुन धर्म मान्ने, नमान्ने त्यो ब्यक्तिगत स्वतन्त्र भएको हुँदा एउटा धार्मिक सस्थाको कार्यक्रममा त्यसरी सरकारको सहभागिता हुनु यो मुलुकको लागि लज्जास्पद भएको बताउनु भएको छ ।
बिरोध सभाको सन्चालन गोपाल पौडेलले गर्नु भएको थियो भने रक्तिमका जिल्ला कलाकार बिष्णु केसीले देशभक्ती मधेसी पहाडी हिमालका हिमाली सयौं जाती जनजाती हामी सबै नेपाली भन्ने गित गाउनु भएको थियो ।