अर्घाखाँचीमा निजी आवास पुनःनिर्माणको काममा वास्तविक लाभग्राहीले राहत नपाएको गुनासो

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । सरकारले निजी आवास पुनःनिर्माणको काममा उल्लेखनिय प्रगति भएको जनाएपनी दक्ष जनशक्ति अभाबको कारण भूकम्प प्रभावित क्षेत्रमा काम गर्न गाह्रो भएको र वास्तविक लाभग्राहीहरुले अझै पनि राहत पाउन नसकेको एक कार्यक्रमका बक्ताको बनाई ।
अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले वास्तविक लाभग्राही भएर पनि राहत नपाएको गुनासो गरेका हुन । उनीहरुले सरकारले निजी आवास निर्माणको मापदण्ड तोक्नु अघि आफ्नै लगानीमा घर बनाएकाले सरकारको मापदण्डको दायरामा पर्न नसकेको गुनासो समेत गरेका हुन । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ललितपुरले अर्घाखाँचीमा बुधबार आयोजना गरेको निजी आवास पुननिर्माण सम्बन्धी अभिमुखिकरण तथा समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै जिल्लाका स्थानीयतहका जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । यसरी मनतब्य राख्नेमा सितगंगा नगरपालीका प्रमुख सुर्यप्रसाद अधिकारी,मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य लगायत बिभिन्न पालीकाहरुका प्रतिनिधि रहेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालको अध्यक्षता र केन्द्रीय आयोजना निर्देशक गणेशराज वस्तीको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डाक्टर विष्णुबहादुर भण्डारीले प्राधिकरणले निजी आवास पुननिर्माणको क्षेत्रमा अहिलेसम्म भए गरेका उपलब्धि , चुनौती साथै समाधानको बारेमा जानकारी गराउै छिट्टै समस्याको समाधान गरीने बताउनु भयो ।कार्यक्रममा भबन आयोजनाका उपनिर्देशक झप्पर सिंह बिक,राष्ट्रिय पुननिर्माण प्राधिकरणका उपसचिब मनोहर घिमिरे,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,जिल्ला आयोजना कार्यन्वयन ईकाइ प्रमुख बलराम मिश्र,ईन्जीनियर शन्तोष भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।

अन्य समाचारहरु