चुत्राबेसीको ग्रीन बोर्डिंग स्कुलमा ट्राफीक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य 
अर्घाखाँची १३ पुस । अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको ग्रीन इंगलिस बोर्डिंग स्कुलमा ट्राफीक सचेतना सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 
ग्रीन बोर्डिंगमा अध्यनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाइ सडक पार गर्ने तरिका, सडक बत्ती, दुर्घटना न्युनीकरणका उपाय तथा समग्र ट्राफीक नियमका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
  
विद्यार्थीहरुलाइ जिल्ला ट्राफीक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविण आचार्य, र नारायण पराजुलीले प्रशिक्षण दिदै विनावर्दीका ट्राफीक सबै नागरिक भएकाले आफ्नो ठाउबाट ट्राफीक नियम पालना गरि दुर्घटना न्युनीकरण गर्न सबै लाग्नु पर्ने बताएका थिए । 
कार्यक्रम विद्यालयका प्रधनाध्यापक टेकबहादुर थापाको अध्यक्षता र सहायक प्रधनाध्यापक नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु