गोपाल भट्टराई
पौष १४ अर्घाखाँची -मासु व्याबसायी संघ अर्घाखाँचीको दोस्रो अधिवेशन आसन्न माघ १७ गते हुनेभएको छ ।
संस्थाको सन्धिखर्कमा सम्पन्न बिशेष भेलाले आसन्न माघको १७ गते तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको मासु व्याबसायी संघ अर्घाखाँचीले जनाएको छ ।
संस्थाका अध्यक्ष पुरन सुनारको अध्यक्षता,उपाध्यक्ष हुम बहादुर बन्जाडेको स्वागत मन्तव्य र महासचिव रामु के.सी.को संचालनमा सम्पन्न भेलाले मासु व्याबसायलाई ब्यबस्थित गरि गुणस्तरिय सेवा प्रवाह गर्न यहि पौष १७ गते एक दिने अभिमुखिकरण गोष्ठी गर्ने,प्रत्येक एकादशीको दिन मासु व्याबसाय बन्द गर्ने,मासु व्याबसायी संघले निर्धारण गरेको मुल्य सुचीलाई अनिवार्य पालना गर्ने लगायतका निर्णय गरेको संस्थाका कोषाध्यक्ष ओजिर मियाले जानकारी दिनुभएको छ ।
भेलामा सहभागी अधिकांश मासु व्याबसायीहरुले गुणस्तरिय सेवा प्रवाहको निम्ती सन्धिखर्कमा एउटा वद्यशालाको आवस्यकता खड्किएको बताउंदै बद्यशाला निर्माणमा ध्यान दिन संस्थालाई आग्रह समेत गरेका छन् । सहभागीको जिज्ञासाको जवाफ दिंदै संघका अध्यक्ष सुनारले मुलुक संघिय संरचनामा गएपछि बद्यशाला निर्माणको बिषय ओजेलमा परेको बताउनुभएको छ ।स्थानिय तह नबन्दै पशुसेवा कार्यालयबाट योजना बन्दै थियो,अहिले उक्त कार्यालय नै हरायो उहांले भन्नुभयो अब हामी स्थानिय सरकारसंग समन्वय गरेर बद्यशाला निर्माणमा जुट्ने छौं ।