बिन्दु घिमिरे
पौष १५ अर्घाखाँची- महाभारत कृषक सहकारी सस्था लिमिटेड भुमिकास्थान ९ ढिकुराको चौधौं साधारण सभा सनिबार सम्पन्न भएको छ ।
भुमिकास्थान नगरपालीका नगरप्रमुख रेशम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भुनपा ९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल, वडा ९ का वडासदस्यहरु हुमाकान्त पौडेल, देबी प्रसाद पोखरेल, साना किसान कृषि सहाकारीका अध्यक्ष नमकला चुदाली लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम दिपक खाशुको अध्यक्षता खडानन्द घिमिरेको स्वागत मन्तब्य र मोतीप्रसाद भट्टाराइको सन्चालनमा सम्पन्न भएको हो ।