विप्लब नेतृत्वको महिला संघ क्रान्तिकारीको दोश्रो जिल्ला भेला सन्धिखर्कमा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क पौष १५ अर्घाखाँची – नेकपा विप्लब नेतृत्वको भातृ सगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको दोश्रो जिल्ला भेला सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । 
भेला नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज कमल के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्वोधन गदै नेता केसीले नेपालमा महिलामाथि जगन्य अपराधका घटनाहरु बृद्धि भई महिलालाई बाँच्न पाउने अघिकार को प्रत्याभूति हनन् भएकोले स्वतह स्फूर्त रुपमा बाँच्न पाउने अघिकारको लागि सबै महिलाहरु एक हुनुको बिकल्प नरहेको बताउन भयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य ममता वि.क जिल्ला सेक्रेटरी खेम घर्ती मगर, जिल्ला सचिबालय सदस्य गणेश थापा, युुवा संयोजक शंकर शाही सहिद परिवार संयोजक आर्यान विक, लगायतले शुभकामना मनतब्य राखेका थिए । भेलाले माया नेपालीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । कार्यक्रम माया नेपालीको अध्यक्षता विष्णु केसीको स्वागत र किरण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु