अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष १५ – नयाँ शक्ति पार्टी नेपाल यतिबेला देश व्यापी रुपमा ५ महिना ५ काम ५ परिणामको अभियान लाई निरन्तरता दिएको छ । सोही अनुरुप अभियानले अर्घाखाँचीमा पनि तिब्रता लिएको छ । यसै अनुसार पार्टीले सनिबार मालारानी गाउँपालिकाको बैठक तथा भेला सम्पन्न गरेको छ । भेलामा पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपाली, ,जिल्ला संयोजक गोकर्ण थापा संघिय परीषद सदस्य जिन्दक खड्का ,पार्टी जिल्ला सचिवालय सदस्य तथा दलित शक्ति नेपाल आमन्त्रित केन्द्रिय सदस्य दिनेश सुनार,कार्यलय सचीव पुस्करनाथ आचार्य,मालारानी गाउपालिका संयोजक महेन्द्र सुनुवार, युवा शक्ति नेपाल ५ न प्रदेश सचीव सुरज बिक लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै पार्टी केन्द्रिय संरक्षक परिषद सदस्य राजु नेपालीले अवको ५ महिना नयाँ शक्तिले संगठन बिस्तार संगै मुलुकमा भएको भ्रष्टाचार र कालो बजारी लाई नियन्त्रणको निम्ति सुचाना माग लगायत का पार्दशीताको निम्ति हरेक स्थानीय तहमा छाया सरकारको निर्माण गरि सुशासन विरुद्धमा भएका गतिविधिलाइ जनताको अगाडि प्रदाफास गरिने बताउनु भयो । भेलाले ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै भेलाले महेन्द्र सुनुवारको संयोजकत्वमा ५ सदस्यीय सम्बाद समिति गठन गरेको छ । भेलाले झबिकला बिकको संयोजकत्वमा ९ सदस्यीय वडा नम्बर १ को वडासमिति, देव बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय वडा न २ को वडासमिति, हेमराज गौतमको संयोजकत्वमा ९ सदस्यीय वडानम्बर ३ को वडा समिति, सीता बिकको संयोजकत्वमा १३ सदस्यीय वडा न ४ को वडा समिती, यम बहादुर बि क को संयोजकत्वमा १५ सदस्यीय वडा न ५ को वडा समिति, बल बहादुर रानाको संयोजकत्वमा ९ सदस्यीय वडा न ६ को वडा समिति, अमृता थापा को संयिजकत्वमा ९ सदस्यीय वडानम्बर ७ को वडा समिती र संजय परियारको संयोजकत्वमा वडा न ८ को वडा समिती गठन गरेको छ । कार्यक्रम मालारानी संयोजक महेन्द्र सुनुवारको संचालन र राधा बिकको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।