डिआरजी सुमन
भर्तापुर,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची डटकम काठमाण्डौँ डेक्स प्रमुख ,अर्घाखाँची टाईम्स संवाददाता एवं पत्रकार महासंघ काठमाडौँका सदस्य दिपक भूसालको जन्म दिनको अवसरमा पाणिनी ५ मैदान भर्तापुर दुम्सीलामा रहेको बाल कल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयमा अध्यनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भने प्रधानाध्यापक थमन सुर्यवंशीले यसरी विकट स्थानमा समेत पत्रकार पुगेर पत्रकारकै जन्म दिन मनाएकोमा आफुलाई उत्साह भएको भन्दै पत्रकार दिपक भुसाललाई धन्यवाद दिनु भयो । यसै अवसरमा स्वतन्त्र पत्रकारिता गरेको भन्दै भुसाललाई खादा र अविरलें सम्मान गरिएको थियो ।








