अर्घाको घर्तीखोरबाट बेपत्ता महिला मृत फेला, हत्या आशंका

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क-९, अर्घा घर्तीखोर निवासी बिष्णु खड्का हराएको १३ दिनपछि घर नजिकै हलोगाडे बाटोभन्दा ४ मिटर मुनि मृत अवस्थामा फेला परेकी छिन ।
सन्धिखर्क ९ घर्तीखोरकी ४३ वर्षीया बिष्णु खड्का मृत अवस्थामा फेला परेको स्थानीयवासीले जानकारी थिए  । मृतकको कञ्चटमा चोट रहेको तथा घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
बिश्नु खड्का गत मङ्सिर ४ गते मङ्गलवार रातीबाट बेपत्ता भएकी थिइन् । उक्त दिन छोरालाई खाना खुवाई साँझ ८:३० बजे सुत्न गएकी थिइन् ।  उनका दुई छोरा बिनोद खड्का र पुष्कर खड्का रहेका छन् । 
श्रीमान् र  छोरा पुष्कर खड्का भारतको नयाँदिल्लीमा छन् ।  भूमिकास्थानको करौदी माईत माइतिघर भएकी बिश्नुको हत्या भएको आशंकामा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । तर पनि अहिले प्रहरीले अहिलेसम्म कसैलाई प्रकाउ गरेको छैन् । 
world news

अन्य समाचारहरु