काँग्रेस अर्घाखाँचीको आयोजनामा मेलमिलाप दिवसको अबसरमा प्रवचन कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची १६ पुस  । नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा विपि स्मृति भवन सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले विपि कोईराला, गणेशमान सिंह लगाएतका नेताहरू भारतबाट मेलमिलापको नीति लिएर अगाडि बढेको ऐतिहासिक दिन रहेकोले काँग्रेसहरू मिल्नुपर्नेमा जोड दिए । उनले काँग्रेसहरू गुटबन्दी होइन, सबै एकजुट हुनुपर्छ, भन्दै गुटबन्दी अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए । काँग्रेस नेता समेत रहेका अन्सारीले सरकारले जनताको पक्षमा काम नगरेको बताए ।
उनले सरकारले एजेन्डा ल्याए पनि कार्यान्वयन गर्न नसकेको आरोप लगाए । जिल्ला समन्वय समितिका प्रमुख तथा पुर्व पाटी सभापति पिताम्वर शर्मा, कमल प्रसाद भुसाल, प्रदेस सांसद तथा महिला नेतृ निर्मला क्षेत्री, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति केसवराज कुवर, अच्युत गौतम, महा समिति सदस्य यादव प्रसाद घिमिरे, छत्रदेव गाँउ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, महाधिबेशन प्रतिनिधि कृष्ण प्रसाद खनाल, नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य विष्णु प्रसाद भुसाल, महिला संघकी सचिव छमा कार्की, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भटराइ लगायतले मन्तब्य राख्दै मेलमिलाप दिवसको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल (मुस्कान) को अध्यक्षता र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु