सन्धिखर्क १ मा महिला लक्षित एक हप्ते अचार बनाउने तालिम शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले आय आर्जन बढाउने र आत्मनिर्भर हुने खालका घरेलु उधोगहरु बढाउन आग्रह गर्नु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को आयोजना तथा मल्याणि सेवा नेपालको सहआयोजनामा गरिएको महिला लक्षित एक हप्ते अचार बनाउने तालिमको उदघाटन गर्दै नगरप्रमुख भुसालले तालिम सिकेर आय आर्जन बढाउने गरि काम गरे मात्र महिला हरुको स्तर उन्नति हुने बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्ल वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी अधिबक्ता पबित्रा बन्जाडे वार्ड सदस्य हरु लक्ष्मण पराजुलि बलु बिसि सुमित्रा मुखिया, आसा परियार लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम कल्याणि सेबा नेपालका अध्यक्ष सुसिला बन्जाडेको अध्यक्षता  महिला नेत्रि तथा कल्याणिकि उपसचिब कमला खनाल  भन्डारि को सन्चालमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।तालिममा ४० जना महिला सहभागी भएका छन ।