डिभर्नाको जङ्गलमा श्रीमानको हत्या गरि बोरामा फाल्ने श्रीमती र उनका प्रेमीलाई जन्म कैदको फैसला

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । प्रेमिसंग मिलेर आफ्नै श्रीमान धन बहादुर घर्तीको हत्या गरि बोरामा कुटुरो पारेर डिभर्ना जङ्गलमा फाल्ने कपिलवस्तुकी राधा घर्ती र उनका प्रेमी रमेश वि.क.लाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ । 
घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवानाको फैसला सुनाएको छ ।
गत भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको थियो । 
सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो ।
 
डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घास काटन गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शब देखेका थिए । मानिसको शब देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए । 
बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब  भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने  ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै  मंगलबार  राती  श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि  मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन  यो शब मेरो श्रीमानको हैन ।   आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन । 
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताएकी थिईन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिकी थिईन ।  हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिकी थिईन ।  । 
यसरि सुरु भयो अपराधको घटना 

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा  घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि  मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे । 
राधा , राधाकी  आमा र रमेश तीन जना भएर  कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे ।  सन्धिखर्क बाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।  
उता  दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा  श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे ।  फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले  तपाई आउन पर्दैन । भाडा छैन ।  म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो । 
धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकाररेका थिए । 

अन्य समाचारहरु