बसन्त श्रेष्ठ
सन्धिखर्क पौष १८ – बिजय माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका ११ डिभर्नाको ४ कोठे भवनको बुधवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
भुकम्प पुन निर्माण प्राधिकरण केन्द्रीय इकाइ आयोजनाको सहयोगमा बन्न लागेको बिद्यालय भवनको वडाध्यक्ष धुर्वराज आचार्यले एक कार्यक्रमबाबीच उद्घाटन गर्नुभएको थियो ।
बिद्यालय भवनको उद्घाटन गर्दै वडाध्यक्ष धुर्वराज आचार्यले बिजय मा.बिलाई सुन्दर, शान्त र मनोरम वातावरण र प्रयाप्त भौतिक पूर्वाधार सहितको बनाउने बताउनुभयो । उहाँले शिक्षा जीवनको महत्वपूर्ण पक्ष भएको भन्दै बिद्यालयको तारबार लाई आगमी दिनमा पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानध्यापक धुर्वराज आचार्य, वडा सचिव कुलदिप पोख्रेल, स्थानीय कृष्ण प्रसाद आचार्य, प्राधिकरणका इञ्जिनियर ऋषिकेश पोख्रेल लगायतको आथित्यता रहेको थियो । प्राधिकरणको झण्डे ७० लाखको लागतमा भवन बन्ने प्राचार्य भुपाल खनालले जानकारी दिनुभयो ।