अर्घाखाँची जिल्ला अदालतको सुविधा सम्पन्न भवनको निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण


सुर्य भुसाल

सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्ला अदालतको भबन सुबिधा सम्पन्न बनेको छ करिब ४ करोड ३ लाखको लगानिमा सुबिधा सम्पन्न भबन निर्माण कार्य सकि हस्तान्तरण समेत गरिएको सहरि बिकास तथा भबन निर्माण बिभाग संघिय आयोजना कार्यन्यन ईकाई रुपन्देही का प्रमुख सिनियर डिभिजन प्रमुख राजेन्द्रप्रसाद पान्डेले बताउनु भयो ।

अदालतक‍ो भबन निर्माण को जिम्मेवारी पुस्पा निर्माण सेबा सन्धिखर्क अर्घाखाँची का प्रमुख बरिस्ठ निर्माण ब्यबसाहि नारायण प्रसाद बन्जाडेले लिनु भएको थियोे ।उक्त सुबिधा सम्पन्न भबन बाट अहिले अदालतले आफ्नो काम समेत सुचारु गरेको छ ।अदालत को सो भबन अर्घाखाँची को एतिहासिक सबैभन्दा ठुलो र सुबिधा युक्त भबन हो ।

उक्त भबन निर्माण कार्य तोकिएको सर्त बमोजिम अाफुले १८ महिनामा निर्माण कार्य सकेर काम पूरा गरेको बरिस्ठ निर्माण ब्यबसाहि नारायण प्रसाद बज्जाडेले बताउनु भयो ।उक्त भबनमा २ ईज्लास १ बाल ईज्लास १ बालबालिका कक्ष सहित ३१ कोठा रहेको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।भबन देख्दा पनि निकै अाकर्षक र जिल्ला को नमुना देखिन्छ ।उक्त भबनको साईट सहरि बिकास कार्न्यन ईकाईका बिगत १० बर्षदेखि सहरि बिकास साईट कार्यलय का सुपरभाइजर जगत खनालले हेरेका थिए ।

सहरि बिकास कार्यलय रुपन्देहीको मातहतमा रहि अर्घाखाँची मा ५ वटा सरकारि हेल्पोष्ट खानेपानि ईकाई कार्यलय सहित १ दर्जन भबनहरु निर्माणाधिन अबस्थामा छन ।निर्माण कार्यमा रहेका भबनको काम अरु दुर्तगतिमा अगाडि बढिरहेको र अाफु ले अनुगमन गरिरहेको सिनियर डिभिजन ईन्जिनियर राजेन्द्रप्रसाद पान्डेले बताउनु भयो ।

अन्य समाचारहरु